- राजन घिमिरे
शिक्षाले चाटर्ड एकाउण्टेन भए पनि दिनेशकुमार चुके यतिबेला सामाजिक अभियन्ता र ब्याबसायीका रूपमा स्थापित छन ।
भारतबाट चाटर्ड एकाउण्टेन सकाएर नेपाल फर्किएका उनले केही समय काठमाण्डौमा चाटर्ड एकाउण्टेनको रूपमा काम गरे ।
समयले उनलाई पछि ब्याबसायीको रूपमा स्थापित गरायो । बिगत लामो समयदेखी उनि चितवनलाई कर्मथलो बनाउंदै अगाडि बढिरहेका छन् । सामाजिक अभियन्ता र सफल ब्याबसायिकका रूपमा स्थापित दिनेश कुमार चुके चितवनको चर्चित होटल गंगोत्रीका सन्चालक हुन । यस बाहेक रियल स्टेट लगायत अन्य ब्याबसायमा पनि उनको आबद्दता र संलग्नता राम्रै छ ।
चुकेले आगामी बुधबार सम्पन्न हुन गैरहेको नेपाल उधोग बाणिज्य महासंघको चुनाबमा बस्तुगतको तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन । आफू सधै उधोग ब्याबसायीको हितको पक्षमा लाग्ने कुरा बताउंने दिनेशकुमार चितवनको पर्यटन क्षेत्र र उधोग ब्याबसायीलाई सबल बनाउंन नेपाल सरकारले साथ र समर्थन गर्नु पर्ने कुरा तर्फ जोड दिन्छन ।
निकै भद्र , शालिन र आफ्नो बिधा अनि क्षेत्रप्रति तल्लीन भएर लागि पर्ने दिनेशकुमार देशको पर्यटन क्षेत्रको बिकाश र बिस्तार गर्न सकियो भने मूलुक आर्थिक रूपमा सम्पन् हुने दाबी गर्छन -‘ हामीसंग जे छ हामीले त्यही बेच्ने र देखाउंने हो । हामी पर्यटन क्षेत्रमा बलियो छौं । त्यस कारण हामीले नेपालमा पर्यटक भित्र्याउंन यो क्षेत्रको बिकाश र बिस्तार गर्नु पर्ने भएको छ -‘ उनले भनेका छन….। ( दिनेश कुमार चुकेको बिचार र कुराकानी भिड़ियोमा पनि हेर्न सक्नु हुनेछ )