NRN
बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्नु पर्छ : मन्त्री रिजाल
  • राजन घिमिरे 

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् । राष्ट्रिय बिज्ञापन संघ “नान”को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सम्बोधन गर्दै मन्त्री रिजालले यी कुरा बताएका हुन ।

उनले नेपाली उद्योग व्यवसायको व्यावसायिक हितकालागि सरकार सधै तैयार रहेको बताए । साधारण सभामा नेपाल बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले खस्कदो बिज्ञापन क्षेत्रलाई बढाउन बिज्ञापन बोर्ड सधै सजग रहेको बताए। उनले बिज्ञापन सम्वन्धी एैन, नीति तथा योजनालाई थप व्यावस्थित गर्ने योजना चांडै कार्यान्वयनमा आउने अध्यक्ष जानकारी पनि दिए ।

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बिगतका बर्ष देखि नेपाली बिज्ञापन एजेन्सीले सामुदायिक रेडियोलाई गर्दै आएको सहयोगको प्रसंसा गरे भने कार्यक्रममा बिज्ञापन व्यावसायी नविन राज पौडेल, बानका उपाध्यक्ष राजकुमार थापा, बिज्ञापन बोर्डका सदस्य पवन अधिकारी, चेम्बरअफकमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले साधारणसभाको सफलताको शुभकामना दिएका थिए । संघका महासचिव आशिष खड्काले उद्घोषण गरेको कार्यक्रमा अतिथिलाई द्वितिय उपाध्यक्ष अमृत पन्थिले स्वागत गरेका थिए, भने सचिव बिमल खड्काले धन्यबाद ज्ञापन गरेका थिए ।

यसैबीच संघको प्रारम्भिक साधारण सभाले धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रदिप कोईराला, द्वितिय उपाध्यक्षमा अमृत कुमार पन्थि, महासचिवमा आशिष खड्का, सचिवमा बिमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुली, सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य, गुञ्जनमणी भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल साउजी, सविन पोख्रेल सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update