NRN
अब गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षमा बद्री केसी
  •  राजन घिमिरे 

अब   गैह्र आबासीय  नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन्।
 शुक्रवार काठमाण्डौंमा आयोजित एक समारेहबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद केसीलाई हस्तान्तरण गरेकी हुन्।

पद सम्हाल्दै  डा. केसी ले नेपाली  गैह आबासीय  नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथामिकता हुने बताएका छन्-‘  वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही नीति तथा ऐन कानून निर्माणमा उल्लेख्य काम गर्न हामी सफल भएका छौं -‘ उनले भने । 

 केसीले नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरुको सफलता लगायतका विषयमा उल्लेख गरेका थिए ।

केसीले अध्यक्षद्धय कुल आचार्य र रविना थापाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगको लागि अपेक्षा गर्दै आगामी अक्टोबरमा हुने संघको ११ औँ महाधिवेशन सफल पार्न आग्रह समेत गरे ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update