NRN
त्यसैले महासंघमा रामेश्वर शाहको उम्मेदवारी 

 

  •  राजन घिमिरे 
     

अरूलाई भनेर मात्र हुंदैन, आफैबाट काम शुरू गरेर रोजगारी उपलब्ध गराउंन सक्नु पर्छ भन्ने मान्यता बोकेका ब्याबसायी अब सामाजिक अभियन्ता हुन रामेश्वर शाह । लामो समय यूएईमा ब्यापार ब्याबसायमा आबद्द रहंदा शाहले नेपाल र नेपाली समाजको आर्थिक अबस्था सुधार्न प्रबासबाट गरेको काम र योगदानको आज पनि चर्चा हुने गरेको छ । दिमाग र सोच मात्र होइन कि ब्याबहारिक रूपमा नै एक्शनमा उत्रनु पर्ने आजको अबस्था भएको कुरा शाह बताउंछन । 

   शाहले  नेपाल उधोग बाणिज्य महासंघको बुधबार हुन लागेको निर्बाचनमा बस्तुगतको तर्फबाट कार्यकारी सदस्यमा शाहले उम्मेदवारी दिएका छन । उनले उमेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका हुन -‘ महासंघभित्रको राजनीतिमा नआई उद्योगी/व्यवसायीका वास्तविक समस्या समाधान नहुने मनन गरेर मैले उमेशलाल श्रेष्ठको टिमबाट वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा दाबेदारी प्रस्तुत गरेको हुँ-‘ शाहले आफूले उम्मेदवारी दिनुको कारणबारे जानकारी दिए ।

‘ पछिल्लो समय महासंघमा पदाधिकारी भएका साथीहरुले आफ्नै हकहितका लागि मात्रै वकालत गर्दै आएका छन्। समग्र उद्योगी/व्यवसायीभन्दा पनि आफ्नो पक्षपोषणमा उनीहरुको सक्रियता बढ्दो छ। महासंघलाई निजी क्षेत्रका सबै उद्योगी तथा व्यवसायीको वास्तविक छाता संगठन बनाउनकै लागि मैले सदस्यमा उम्मदेवारी दिएको हुँ-‘ शाहले भनेका छन ।

     वरिष्ठ उपाध्यक्ष तीन वर्षपछि मात्रै अध्यक्ष हुने भएकाले उसले चुनावका बेला मतदानसँग गरेका प्रतिवद्धताहरु पुराना भइसकेका हुन्छन्। उसलाई नयाँ मुद्दाबारे चासो नहुन पनि सक्छ र नितान्त आफ्ना लागि सरकारी लबिइङ मात्र बढी गर्न सक्छ। त्यसैले महासंघमा अब अध्यक्षका लागि नै निर्वाचन हुनुको विकल्प छैन। उद्योगी/व्यवसायी साथीले मलाई विश्वास गर्नुभयो भने महासंघभित्र अध्यक्षात्मक प्रणालीको बनाउन आफ्नो सक्रियता प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै शाहले व्यक्तिगत लाभका लागि काम गर्ने परिपाटीको अन्त्य गर्न, निजी क्षेत्रसम्बन्धी नीतिनिर्माणमा महासंघको तर्फबाट अविभावकीय भूमिका निर्वाह गर्न, मित्रराष्ट्रहरुसँग व्यापारिक तथा कूटनीतिक सम्बन्ध सुधारका लागि सकारात्मक पहल गर्न मेरो उम्मेदवारीले महत्वपूर्ण भूमिका निभाउने कुरा आश्वास्त पार्न चाहेको कुरा बताएका छन ।

  शाहले भनेका छन -‘ सरकारी निकायसँग घनीभूत सम्बन्ध स्थापति गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न, आन्तरिक उत्पादन बढाउने गरी कानुनी पूर्वाधार निर्माण गर्न, व्यवसायमैत्री वातावरण निर्माण गर्दै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन गरी काम गर्ने मैले अठोट लिएको छु। व्यवसायमैत्री नभएका कानुन संसोधन गर्नपर्नेछ। पर्यटन प्रवर्द्धन र रोजगारी बढाउन, राजस्व संकलन र खर्च परिचालनबीचको समन्वयकारी भूमिका निर्वाह गर्न र बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता बढाउनका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न मैले उम्मेदावरी दिएको हो-‘ ।

   नेपालमा उद्यमशिलता विकासका लागि कम्पनी दर्ता प्रक्रिया सहजीकरण र ज्ञानमा आधारित अर्थतन्त्र विकास आवश्यक रहेको कुरा तर्फ जोड ज़िंदा उनले अगाडि भनेका छन -‘ नयाँ उद्यम विकासका लागि ढोका बन्द गरिएका छन्। प्रत्येक वर्ष अर्थमन्त्रीले लोकप्रिय हुने नाममा शैक्षिक प्रमाणपत्र धितोमा राखेर १५/२० लाख कर्जा दिने नीति ल्याउँछन्। तर, उद्यमशिलताको ज्ञान भएका र वित्तीय पहुँच भएकाले उक्त सुविधा पाउँदैनन्। राजनीतिक कार्यकर्ताहरुलाई उक्त रकम बाँडिन्छ। जसले गर्दा उक्त कर्जा पाउने कार्यविधिमा अनेकौं अडचन थाप्ने काम नियमकारी निकायले गर्दै आएका छन्। यस्तो विकृति रोक्न अब जग्गाधितो राखेर कर्जा दिने पराम्परागत सोचबाट मुलुक बाहिर आउनुपर्छ। कुनै विशिष्टीकृत आइडिया भएका र व्यवसाय गर्ने सोच भएकालाई उनीहरुको प्रोजेक्टका आधारमा कर्जा दिने व्यवस्था मिलाउन आवश्यक छ। यस्तो पहल गर्न पनि मैले आफ्नो उम्मेदवारी घोषणा गरेको हो-‘ ।

   लामो समय गैह् आबासीय नेपाली संघसंग आबद्द रहेर काम गरेका रामेश्वर शाहले आफ्नो त्यो अनुभबलाई स्मरण गर्दै अगाडि भनेका छन -‘ मैले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि उपाध्यक्ष भएर काम गरेको छु। यसले विदेशको व्यावसायिक वातावरण र नेपालको वातावरण अध्ययन गर्ने अवसर पनि मलाई मिलेको छ। सिराहको लहानबाट माध्यमिक तहसम्मको अध्ययन गरी नयाँदिल्लीबाट चार्टर्ड एकाउन्टेन्स पूरा गरेँ। मलेसियामा १६ वर्ष काम गरेकाले विदेशमा नेपालीहरूको अवस्थाबारे धेरैथोरै चासो राख्ने भएकाले यसले महासंघमा भूमिका खेल्ने कुरामा पनि सहयोग नै गर्नेछ-‘ ।

एनआरएनएमा बसेर अरुलाई मात्रै नेपालमा लगानी गर्न आग्रह गर्दा आफैंलाई पनि अप्ठ्यारो महसुस हुन थालेपछि आफूले नेपाल फर्किएर केटीएम सेक्युरिटी तथा फेसिलिटी सुरु गरेको जानकारी दिंदै उनले अगाडि भनेका छन -‘ अहिले मैले यहीबीचमा चितवनमा होटल निर्माणको काम अगाडि बढिरहेको छ। आगामी डिसेम्बरभित्र उक्त होटल संचालनमा ल्याउने तयारी भइरहेको छ। विदेशी लगानी भित्र्याउन, पर्यटन तथा आउटसोर्सिङका समस्या पैरवी गर्न पनि मैले आफ्नो उम्मेदवारी दिएको हुँ-‘ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update