दुखद खबर : सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन
- राजन घिमिरे
अष्ट्रेलियाको सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन भएको छ । ६ महिना अघिमात्र अध्यनका लागि बिद्यार्थीकाे रूपमा सिड्नी पुगेकी जेलुसा तेयून लिम्बु सोमबार बिहान सिड्नीको अर्बनमा रहेको आफ्नै कोठामा मृत अबस्थामा फेला परेकी थिईन । अर्बन नेपालीहरूको बाक्लो बस्ती रहेको स्थानको रूपमा चिनिन्छ ।
हृदयघातका कारण जेलुसाको निधन भएको बताईएको छ । यस सम्बन्धमा अष्ट्रेलियामा रहेको अर्बन नेपाली कम्यूनिटीका अध्यक्ष रबिन्द्र कुमार शर्माले नेपालमा रहेका मृतकका परिबारसंग सम्पर्क भएको जानकारी दिएका छन । २० बर्षकी लिम्बुको परिबार काठमाण्डौको हात्ती गौडामा बस्छन भने जन्म घर चाहि धनकुटा हो । यतिबेला मृतकको शबलाई नेपाल पठाउन सिड्नीमा पहल भैरहेको अर्बन नेपाली कम्यूनिटीका अध्यक्ष रबिन्द्र कुमार शर्माले जानकारी दिएका छन ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ०८:१०
प्रतिक्रिया दिनुहोस्