- राजन घिमिरे
यतिबेला नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । सबै आ- आफ्नो उम्मेदवारी प्रस्तुत गर्न जोडतोडका साथ लागिपरेका छन । यसैबिच लामो समयदेखी पर्यटन व्यवसायमा आबद्द रहेदै आएका ब्यबसायी एबं सामाजिक अभियन्ता दिनेश कुमार चुकेले पनि महासंघको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने भएका छन् । उनले महासंघको वस्तुगत तर्फको कार्यकारी सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन् ।
हाल होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्ष चुके तिन दशकदेखी पर्यटन क्षेत्र लागि पर्दै आएका ब्यबसायी हु। । कोविडको समयमा चुकेले देखाएको कार्य र उनले प्रस्तुत गरेको मानबिय भाबनाको आज पनि चर्चा हुने गरेको छ । होटल सन्चालनदेखी सामाजिक हितको पक्षमा चुकेले देखाएको सक्रियता र समाजप्रतिको दायित्व सांच्चै उल्लेखनीय रहंदै आएको छ । उनि नारायण गढ बजारमा रहेको गंगोत्री होटलका सन्चालक हुन ।
शालिन, भद्र र इमान्दार दिनेश कुमार चुकेले आफ्नो बिधा र क्षेत्र मार्फत समाजमा पुर्याएको योगदान राम्रै छ । त्यस कारण पनि उनका बारेमा उनलाई चिन्नेहरू भन्छन -‘ आफ्नो लागि मात्र होइन कि अरूको लागि पनि सोच्ने ब्यक्ति हुन दिनेश चुके । यस्ता ब्यक्तित्वलाई महासंघमा जिताउनु पर्छ -‘ ।
संघ संग आबद्द रहंदा होस या नरहंदा होस चुकेले समाजिक क्षेत्रको लागि खर्चेंको समय र दिएको साथ प्रशंसा गर्न लायकको रहेको छ । यस्ता ब्यक्तिलाई महासंघमा जिताएर नेपालको समग्र आर्थिक क्षेत्रको बिकास र बिस्तार गर्नुका साथै रोजगारीका अबसरहरु जन्माउंन साथ दिनु पर्ने तर्फ यतिबेला आबाज उठिरहेको छ ।