NRN
निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण  गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनश शेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्न लागेको हो । प्रस्तावित उक्त बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update