NRN
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डीडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । 

कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक जनाको शव सिन्धुली अस्पतालमा र तीन जनाको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।

राजमार्गको भीर भएको स्थानमा कार सडकबाट ५०० मिटर तल खसेको थियो। भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update