रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
समितिसँगको बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १०:२१
प्रतिक्रिया दिनुहोस्