NRN
  •   राजन घिमिरे 

कलाकारिता बिधामा कहिले हार नखाने कलाकर्मी हुन राज कटुवाल । आफ्नै शैली , बिशेषता र यात्रालाई निरन्तरता दिंदै अगाडि बढेका राज कहिले पनि भाइरलको पछि लागेनन । उनले बुझेका थिए कि भाइरलको आयू छोटो हुन्छ । सभ्य , शालिन र भद्र प्रस्तुतिसंग जोड़िएर अगाडि बढेका राज यतिबेला भने उनको शैली मिल्ने र लामो समयसम्म टिक्ने गितका कारण बजारमा छाएका छन । उनले अभिनय गरेको गित ‘ मेसो मिलाएर….,लाई स्वस्फुर्त  गीत संगीतकर्मीका प्रशसकहरूले सामाजिक सन्जालमा स्थान दिन थालेपछि यो गीतले यतिबेला सांगितिक बजार तताएको छ ।

  द डिभाईन म्युजिक युटयुब च्यानलबाट बजारमा आएको यो गीतको भिडियो  पछिल्लो महिनादेखी निकै चर्चामा छ । -‘ भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर….,बोलको गीतले भिडियो टिकटकको नेपाल टेन्डिङमा बलियो स्थान बनाईरहेको छ ।अर्जुन पोखरेलको संगीत रहेको गीतमा गायक निशान भटराई र अस्मिता अधिकारीले स्वर दिएका छन ।

  दिग्गज द्यौरालीको शब्द रहेको गीतले युवापुस्ताको निकै मन जितिरहेको छ । गीतको भिडियोमा राजलाई  श्रद्धा क्षेत्रीले साथ दिएकी छन । श्रदा र राजको जोडिको यतिबेला निकै तारिफ गरिएको छ । लालटिन,लिला,म यस्तो गीत गाउछु लगाएतका चलचित्रहरुमा नायकको रूपमा काम गरेका राज्यले थुप्रै म्यूजिक भिडियो र टेलि बिज्ञापनहरूनमा काम गरिसकेका छन-‘ सबैको साथ , माया र सदभाबकै कारण यो गितले लोकेप्रियता कमाएको हो । गीतसंग जोडिनु हुने र यो गीतलाई माया गरिदिनु हुने सबैमा हार्दिक नमन गर्न चाहन्छु -‘ राज आभार प्रकट गर्छन ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update