NRN
नेपालमा थपिए १०६ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्न जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमणको अवस्थाबारेको विवरणअनुसार नेपालमा थप १०६ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा ५४१ आरटीपीसीआर र ९४७ एन्टिजेन विधिबाट गरी १ हजार ४८८ जनामा परीक्षण गरिएको थियो ।  जसमध्ये  आरटीपीआर विधिबाट परीक्षण गर्दा ६४ जना र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको विवरण अनुसार बिहीबार ४३५ जना संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update