शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन
काठमाडौं। शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत १६ चैतमा अस्पताल भर्ना भएकी उनको सय वर्षको उमेरमा शनिबार बिहान ५ः५६ बजे निधन भएको अस्पतालले जनाएको छ । गत ३० असोजमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० ११:५०
प्रतिक्रिया दिनुहोस्