NRN
महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

 भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेकाे बस शनिबार बिहान दुर्घटनामा परेको हो ।

घाइतेहरुको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update