NRN
कैलालीमा कोरोना संक्रमितको मृत्यु

नगढी  । कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका वरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update