NRN
  • राजन घिमिरे 

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको पहुँच सर्बत्र पुर्याउंन यतिबेला महाप्रबन्धक संगीता यादब लाग्नु भएको छ । प्रशोधन कम्पनीबाट उत्पादित बस्तुहरूले पछिल्लो समय उपभोक्ताहरूको बिश्वास जित्ने क्रम बढ्न थालेको छ । 

बिगत एक बर्षदेखी कम्पनीलाई हांकीरहनु भएकी यादब कम्पनीको नाम, उचाई र वजन बढाउंन कम्पनीसंग आबद्द सबैको साथ र हात मिलेको कुरा बताउंनु हुन्छ । जडिबुटी उत्पादन केन्द्र यतिबेला आफ्नो पहुँच र बजार बिस्तार गर्ने क्रममा रहेको छ । करिब एक करोडको हाराहारीमा सन्चो उत्पादन गरिरहेको यो कम्नपनी लिमिटेडका बारेमा महाप्रबन्धक संगीता यादब अगाडि भन्नु हुन्छ-‘ बिदेशी भन्दा स्वदेशी उत्पादन प्रयोग गर्नु पर्छ भन्ने तर्फ जनाताहरू जागरूक हुन थाल्नु भएको छ । उहांहरुको यस्तो सोचले हामीमा पनि उर्जा थपिएको छ -‘ ।

यूरोप ,भारत र खाडी मूलुकहरूमा आयोजना हुने बिभिन्न कार्यक्रममा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आफ्ने सहभागिता जनाउने क्रमलाई निरन्तरता दिनु अर्को सकारात्मक पक्ष हो -‘ हाम्रो सोच र उद्देश्यमा मन्त्रालय पनि सकारात्मक देखिएकोले सबैबाट साथ र समर्थन पाए पछी हामी हाम्रा उत्पादनलाई झनै बढावा दिंदै अगाडि बढ्दै छौं -‘ कम्पनीकी महाप्रबन्धक संगीता यादबले भन्नु भयो ।

यसैबीच कम्पनीका प्रमुख बजार ब्यहस्थापक रेबतीराज अधिकारीले जडिबुटी लिमिटेडले पछिल्लो समय आफ्ना उत्पादनप्रति बिश्वास बढाईरहेको कुरा बताउंनु भयो । बिगत २२ बर्षदेखी यो सस्थासंग आबद्द सुबेदी लिमिटेडले आफ्ना उत्पादनहरूलाई देशदेखी बिदेशसम्म पुरायउंने मामिलामा अगाडि बढिरहेको कुरा बताउंनु भयो । सुबेदीले आयातलाई निरूत्साहित गर्दै स्वदेशी उत्पादनलाई बाहिर पुर्याएर बिदेशी मुद्रा देश भित्र्याउंन कम्पनी लागिपरेको जनतारी दिनु भयो । ( बाँकी जानकारी भिडियोमा ….)

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update