अब सिड्नी होइन, मेलबर्न अष्ट्रेलियाको ठूलो शहर
- राजन घिमिरे
अब अष्ट्रेलियाको सिड्नी जनसंख्याको आधारमा ठूलो शहर रहेन । सिड्नीलाई पछि पार्दै अष्ट्रेलियाको अर्को शहर मेलबर्न अष्ट्रेलियाको ठूलो शहर भएको छ । सिड्नी १०० वर्षसम्म अष्ट्रेलियाकै ठूलो शहरको रूपमा स्थापित थियो । अब भने सिड्नीलाई पछि पार्दै भिक्टोरिया राज्यको मेलबर्न ठूलो शहर भएपछि सिड्नीले ठूलो शहरको इतिहास गुमाएको हो ।
अष्ट्रेलियाको सरकारी तथ्याकं अनुसार मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० पुगेको छ । यो हिसाबले सिड्नीको भन्दा मेलबर्नको जनसंख्या १८ हजार ७०० धेरै हो ।
आकर्षणको रूपले मेलबर्न भन्दा सिड्नी बढी चमकदमक भएको शहरको रूपमा चिनिएता पनि सिड्नीको शिक्षा र रोजगारीलाई आधार मान्ने हो भने यो शहर शहरलाई आप्रवासीहरुले रोजाइमा पार्ने गरेको ऐजेन्सीहरूले जनाएका छन ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० ०८:१७
प्रतिक्रिया दिनुहोस्