NRN
चीनमा अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु

  बेइजिङ। बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्धपी, सो घटनाका बारेमा गम्भिर रुपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको  छ ।

 न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथी बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो । उनीहरु उद्धारका प्रतिक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लावाट हाम फालिरहेका थिए । जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई भने नजिकैको अर्को अस्पतालमा उपचार गराईएकाे छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update