NRN
चिनो र कागुनो चामल बजारमा 

काठमाडाैं ।   खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले कर्णालीको रैथाने उत्पादन चिनो र कागुनो चामल बिक्री बितरणमा ल्याएको छ । स्थानिय किसानहरूको उत्पादनलाई गाउं पालिकासंग सहकार्य र सम्झौता गर्दै त्यस्तो खाद्य बस्तुको बाजारिकरण गर्दै जाने कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले हुम्ला ज़िल्लाको सिंमिकोट गाउं पालिका र अदानचुली गाउं पालिका एबं बाजुरा जिल्लाको स्वामिकार्तिक खाएर गाउं पालिका, दार्चुला जिल्लाको अपि हिमाल गाउं पालिका,व्यांस गाउं पालिका र मालिकार्जुन गाउं पालिकासंग स्थानिय किसानमा खाद्य उत्पादनहरु खरिद गरि बेच्ने सम्झौता गर्दै त्यसको बजारिकरण समेत कम्पनीले गर्ने कुरा बिक्री बितरण बिभागका प्रमुख भिमबहादुर थापाले बताउंनु भयो ।

नेपालको उच्च तथा हिमाली जिल्लाका तीन हज़ार मिटर भन्दा अग्लो स्थानमा उत्पादित अर्गानिक खाद्य बस्तुहरू हुम्लाको सिमिकोट गाउं पालिका र कम्पनीको सम्झौता र सहकार्यमा चिनो र कागुनो बिक्री बितरणमा ल्याइएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update