- राजन घिमिरे
सरकारी जागिरबाट अबकास प्राप्त भएपनि बिनयराज पोखरेललाई हात खाली बस्ने मनै रहेन । उनको मनमा सधैं केही नयाँ गरौं भन्ने आइरहन्थ्यो। देशलाई पनि फाइदा हुने र बाताबरण पनि जोगिने त्यस्तो केही नयां गरौं भन्ने योजनाले नै उनको मनमा बिधुतीय साइकलको ब्यापार - ब्यवसायमा लाग्ने सोच आयो ।
केही महिनादेखी उनी काठमाण्डौको कालोपुलमा रहेको द इ वाइक स्टेशन मार्फत बिधुतीय साइकलको ब्यापारमा लागि परेका छन ।धनुषा जनकपुरका बिनयराज पोखरेल बिगत २० बर्षदेखी काठमाण्डौमा बस्दै आइरहेका छन ।
पर्यावरण जोगिने ,शारिरीक रूपमा स्वस्थ र आर्थिक रूपमा पनि सहज हुने इलेक्ट्रिक साइकलको पछिल्लो समय माग राम्रै बढ्न थालेको छ । साइकलमा नै मोटर जडान हुने भएकोले उकालोमा पनि समस्या नआउंने अनि चार्ज पनि आफ्नै घर वा कोठामा गर्न सकिने गजबको बिशेषता यो साइकलले बोकेको छ । काठमाण्डौको बाटो अनुसार पनि यो साइकल मेल खाने कुरा बिनयराज पोखरेल बकाउँछन ।
( बाँकी जानकारी भिड़ियोमा )