NRN
बिषालु सर्पको डसाईवाट सिरहामा बालकको मृत्यु

सिरहा । विषालु सर्पले डस्दा सिरहामा एक बालकको मृत्यु भएको छ। 

गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो।

सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।

सो अघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभए पछि फूलवारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update