NRN
जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

बारा ।  बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् ।

जसपा अध्यक्ष यादवले १२ हजार एक सय १९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ६ सय९३ छ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै  नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार ११ मतसहित तेस्रो स्थानमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । 

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update