NRN
कृषि सहकारी केन्द्रीय संघ बिश्व स्तरको अवार्डबाट सम्मानित 
  •  रबि अर्याल 

कृषि सहकारी केन्द्रीय संघ पहिलो बिश्व स्तरको अवार्डबाट सम्मानित भएको छ ।नेपाल कृषि सहकारी संघ लि.र साना किसान बिकाश लघुबित्त बितिय संस्था लि. द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सहकारी सस्थाको क्षमता बिकास, सुशासन र संस्थागत बिकासका साथै साना किसानहरूको कृषि र आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्नु पर्ने कुरा तर्फ जोड दिइएको थियो । 
 award 21682671427.jpg


   कार्यक्रममा कृषि क्षेत्रमा योगदान गरे बापत सस्थालाई बिश्व स्तरको एफ ए ओ अवार्ड फर पाटर्नरशिप २०२३ बाट सम्मानित गरिएको जानकारी दिइयो । इटलीको रोममा एप्रिल १४ मा बिश्व स्तरको प्रथम अवार्ड प्राप्त एबं नेपाल सरकार अर्थ मन्त्रालय र एशियाली बिकास बैंकले संयुक्त रूपमा गोकर्ण  फरेस्ट रिसोर्ट बैशाख ८ गते कन्ट्री पोट फोलियो रिभ्यू मिटिंगबाट साना किसान लघुबित्त वित्तिए सस्थाले ग्रामिण ऊधम कर्जाले बेस्ट म्यानेज्मेन्ट टिम अवार्ड प्राप्त गरेको कुरा साना किसान बित्तिय सस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेमबहादुर पाठकले छुट्टा छुट्टै जारी गर्नु भएको बिज्ञप्तिमा उल्लेख छ । 

    पूर्ब अध्यक्ष केशब बडालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साना किसान लघु बित्त बित्तिए सस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम कंडेल र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले आ - आफ्नो सस्थाको उद्देश्य र प्रगतिको तथ्यगत बिबरण प्रस्तुत गर्नु भएको थियो भने सो कार्यक्रममा संबिधान सभा सद्स्य ओमदेबी मल्लको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update