NRN
२२ औं आहारारा पोखरा गोल्डकपमा संकटा फाइनलमा


पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  ।
पोखरा रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ लाई हराउँदै एपिएफसँग भेट सुनिश्चित गरेको संकटालाई दोस्रो पल्ट उपाधि होडमा पु¥याउन दुई अफ्रिकन खेलाडी नायक बने ।

उसको जीतमा खेल सुरुआतको पाँच मिनेटमै स्टेफेन विनोङले अग्रता लिएका थिए । खेलको ४३ औं मिनेटमा अर्का विदेशी खेलाडी मिसोकीले गोलअन्तर दोब्बर पार्दै पहिलो हाफ टुंगाए । मेसुकीले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । 

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update