NRN
चलचित्र नाङ्गो गाउँ’ अस्ट्रेलिया र न्युजिल्यान्ड बिक्री

- राजन घिमिरे

चलचित्र ‘नाङ्गो गाउँ’को अस्ट्रेलिया तथा न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री भएको छ । यो चलचित्रलाई अस्ट्रेलियाको 'एमएसएम इन्टरटेनमेन्टस्'ले खरिद गरेको हो ।

अष्ट्रेलियाको यो कम्पनीले लामो समयदेखी अष्ट्रेलियामा नेपाली चलचित्रहरूको सफलताका साथ नेपाली चलचित्रहरूको प्रदर्शन गर्दै आइरहेको कम्पनी हो । चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्र हिमाल शर्माको निर्माणमा बनेको हो । ‘नाङ्गो गाउँ’मा दयाहाङ राई, मिरुना मगर, कर्म, साम्राज्ञी आर एल शाह, बुद्धि तामाङ, रविन्द्र झा, शिशिर बाङ्देललगायतका कलाकारहरूको मुख्य भूमिका भूमिका रहेको छ । चलचित्र आगामी भदौ २९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update