-राजन घिमिरे
यतिबेला नेपाली स्वाद र खानालाई बिश्वमांझ पुर्याउंने अभियानमा लागेका माष्टर सेफ सन्तोष साहलाई अष्ट्रेलियाको सिड्नीमा भेट्न पाईने भएको छ । भेट्न पाईने मात्र नभएर उनकै हातबाट बनेको नेपाली स्वाद र खाना पनि खान पाईंने भएको छ । नेपाली खाना र स्वादलाई बिदेशमा स्थापित गराउंन लागि परेका छन मास्टर सेफ सन्तोष साह ।
प्रबासमा रहनु हुने नेपालीहरू मांझ मात्र होइन कि बिदेशीहरूलाई पनि नेपाली स्वाद र खानेकुराप्रति आकर्षित गराउंन सक्नु पर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै साह अब नेपालीहरूको बाक्लो बसाई भएका मूलुकहरूमा पुग्ने भएका छन । यसैबीच क्साह मे ३ देखी ७ तारेखसम्म अष्ट्रेलियाको सिड्नीको टाउंन हल नजिक रहेको नेपालीबाट सन्चालित रेस्टुरेन्ट नमस्ते रेष्टुरेन्टमा आफै उपस्थित भएर बिभिन्न नेपाली खाना चखाउंने भएका छन । त्यही कार्यक्रममा सहभागि हुन सेफ सन्तोष आइतबार अष्ट्रेलियाको सिड्नी पुगेका छन ।
साहको क्षमता, दक्षता र नेपाली परिकारप्रतिको लगाबलाई अष्ट्रेलियाको सिड्नीसंग जोड्ने काम भने अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज ( एपिआइसी ) र नेपालको मैतिदेबीमा रहेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले गर्न लागेको हो -‘ नेपाली खानेकुरालाई सन्तोष साह मार्फत बिस्व मांझ पुर्याउंने हाम्रो योजना हो यो । यो हाम्रो योजना र कार्यलाई अष्ट्रेलियामा रहनु हुने नेपालीहरूले साथ दिनु हुने छ भन्ने बिस्वास हामीले लिएका छौं -‘ अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज ( एपिआइसी ) का सिइओ गणेश केसीले भने ।
सन्तोष साह जस्ता चर्चित सेफले सिड्नीमा आएर नेपाली स्वाद र खानाको प्रचार गर्न लागेको समाचारले अहिले सिड्नीमा रहेका नेपालीहरु पनि उत्साहित देखिएका छन । पछील्लो समय नेपाली खानाका परिकारहरुलाई समस्त अस्ट्रेलियावासी समुदाय मांझ पस्की रहेको सिड्नीमा रहेको नमस्ते नेपाली रेस्टूरेण्टमा सेफ सन्तोष साहले खानेकुरा बनाउंने छन । उक्त रेस्टूरेण्टका संचालक अस्ट्रेलियाका सफल युवा व्यवसायी एवं एन आर एन अभियन्ता डिला खरेल हुन । सेफ साहसंग जोडिन पाएकोमा खरेलले पनि प्रसन्नता ब्यक्त गरेका छन ।
नमस्ते रेष्चुरेण्टमा मास्टर सेफ सन्तोष साहले तयार पारेका बीस प्रकारका नेपाली खानाको परिकार र साथमा नेपाली एला पनि समाबेश हुने भएको छ । सिड्नी पुगेपछी सन्तोष साहले आफू नेपाली स्वाद र परिकारलाई प्रबासमा रहनु हुने नेपाली र बिदेशीहरू मांझ पनि परिचित गराउंन लागि परेको जानकारी दिए -‘ प्रबासमा हुर्किएका दोस्रो नेपाली पुस्तालाई अब हामीले खाना मार्फत नेपाल र नेवालीसंग जोड्नु पर्छ । यस कारण पनि म बिभिन्न कार्यक्रमतिर लागिरहेको छु -‘ उनले भने ।