NRN
नेपाल र यूएईको खेल भोलि हुने भयो

बर्षका कारण पुरा हुन नपाएको नेपाल र यूएईबीचको फाइनल खेल मंगलबार हुने भएको छ । भोलि सोमबारकै अवस्थाबाट खेल सुरु हुनेछ ।

प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् । सोमबार भएको खेलना नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका थिए भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका थिए ।

सोमबार जस्तै मंगलबार पनि मौसम खराबी रहे र खेल हुन सकेन भने आईसीसी वरीयताका आधारमा नेपाल स्वत: विजयी हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update