NRN
पाण्डेको 'को-हजबेन्ड' ( सहायक श्रीमान ) लाई  १ करोड ३० लाखको 'फन्डिङ'

- राजन घिमिरे

   वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) का निर्देशक गणेश पाण्डेले जापानबाट १ करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गरेका छन् । पाण्डेले यो बृत्तचित्रमा नेपालको बहुपति प्रथालाई देखाएका छन ।

   यसैबीच यो बृत्तचित्र एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । निर्देशक पाण्डेलाई अर्को नयां बृत्तचित्र निर्माणका लागि यो नगर रकम दिइएको हो -‘ यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ,' उनले भनेका छन ।

   गणेश पाण्डेको यो बृत्तचित्रले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा को-हजबेन्डले उत्कृष्ट पुरस्कार पाएको हो । यस अघि निर्देशक पाण्डेको बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ )ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update