NRN
उपप्रधानमन्त्री खड्काको नेतृत्वमा बार्ता टोली गठन

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा निजामती कर्मचारीका माग सम्बोधन गर्न वार्ता समिति गठन गरेको छ। अब वार्ता समितिले निजामति कर्मचारीलगायत सरोकारवाला पक्षहरूसँग छलफल गर्नेछ।

सरकारले बार्ता टोली गठन गरेपछी नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update