NRN
सिड्नीमा गुन्जदै नेपथ्य
  •  राजन घिमिरे 

बहुचर्चित सांगितिक समूह नेपथ्य फेरि अष्ट्रेलियाको बिभिन्न शहरहरूमा गुन्जने भएको छ । नेपथ्यको यो अष्ट्रेलिया
पाँचौं भ्रमण हो । यसैबीच नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीबाट आफ्नो सांगितिक  यात्रा सुरू गर्न लागेको छ ।

 नेपथ्य ब्याण्डले आगामी १० फेब्रुअरीमा सिड्नीको मुर पार्कको होर्डन प्याभेलियनमा विशेष प्रस्तुती दिने तय भएको आयोजक रोयल नेपाल इेभन्ट्सका प्रदिप पाठकले जानकारी दिएका छन ।पाँच हज़ार भन्दा बढी दर्शकहरूले यो हलमा एकसाथ कार्यक्रम हेर्न सक्छन । यो हलमा विश्वका चर्चित गायक तथा सांगितिक समूहहरूले सांगितिक प्रस्तुतिहरू दिइसकेका छन ।

यतिबेला बेला पूरा अष्ट्रेलिया नेपथ्य समूहको सांगितिक प्रस्तुति हेर्न आतुर देखिएका छन । आयोजक सस्थाले कार्यक्रम हेर्न टिकटको माग अत्याधिक भैरहेको र अहिलेसम्म पचास प्रतिशत टिकट बिक्री भइसकेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update