NRN
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए । उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update