NRN
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।

सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाईएको छ । तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ ।

अधिकारीहरूले भने कि भाइरसको मृत्यु दर जनवरी २०२१ मा प्रति हप्ता १ लाख भन्दा बढी व्यक्तिमा देखा परेको थियो भने अहिले त्यो घटेर ३५०० मा आईपुगेको छ । डब्ल्यूएचओका प्रमुखले यो महामारीमा कम्तिमा ७० लाख मानिसको ज्यान गएको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update