NRN
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट  सेवा शुरू गर्यो ( तस्बिरहरू सहित )

- राजन घिमिरे

पछिल्लो समय उच्च शिक्षा आर्जन गर्न बिदेश जाने क्रम बढ्न थालेको छ । उच्चशिक्षा आर्जन गर्न बिदेश जाने नेपाली बिध्यार्थीहरूलाई सही शैक्षिक परामर्श दिने परामर्शदाताहरूको अभाव महशुष भैरहेको समयमा शुक्रबारदेखी जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले नयां सोच, शैली र परामर्श सहित सेवा शुरू गरेको छ । यो सस्थासंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िए सस्थालाई हांकीरहेकाहरूसंग बैदेशिक शिक्षा र परामर्शको बिधामा लामो अनुभब देखिन्छ -‘ हामी आफै बिध्यार्थीको रूपमा अष्ट्रेलिया गएका हौं । त्यहांको समस्या , सफलता र शिक्षाको बारेमा हामी बिज्ञ नै छौ ।

हाम्रो त्यही बिज्ञता हामी बिध्यार्थीहरू मांझ बाड्न चाहन्छौ -‘ सस्थाका प्रमुख कार्यकारी अधिकृत मोहम्मद असलमले जानकारी दिए । काठमाण्डौको पुतली सडक स्टार महलमा अबस्थित जेनेक्स्ट कन्सल्टिंग ग्रुपलाई यतिबेला नेपालबाट मोहम्मद असलम र बिपिन बस्नेत , सिड्नीबाट अरुण आर्यन चौधरीका साथै एडिलेटबाट आकांक्षा रावतले अगाडि बढाइरहेका छन । यसपछि पनि यो संस्था नेपाल र अष्ट्रेलियाका अन्य शहरररूमा पनि बिस्तार हुने क्रममा रहेको जानकारी दिइएको छ ।

शुक्रबारबाट सेवा शुरू गरेको यो सस्थाले अहिले अष्ट्रेलिया , यूके र क्यानडा गएर उच्च शिक्षा हांसिल गर्न चाहने नेपाली बिध्यार्थीहरूलाई परामर्श दिने छ भने आगामी दिनहरूमा अन्य मूलुकहरूसंग पनि यो सस्था जोडिने भएको छ -‘ बिध्यार्थीहरूको साथ र समर्थन लिंदै बढी भन्दा बढी बिध्यार्थीहरूसंग सहकार्य गरेर अगाडि बढ्ने हाम्रो योजना र सपना हो । हामी यो यात्रामा सबैसंग हाते मालो गर्दै जाने छौ -‘ सस्थाका फ़ाउण्डर एबं बजार निर्देशक बिपिन बस्नेतले भने ।

संस्था शुरूवातको दिन सस्थामा नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक बिश्व बस्नेत र गायक धर्मेन्द्र सेवान लगायतका बिभिन्न क्षेत्र, तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

तस्बिरहरू: 

 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update