NRN
इन्टर मिलानको पहिलो हार

काठमाडौं । इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ । इडेन जेकोको एक मात्र  गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो । 

५६औं मिनेटमा जेकोले गरेको गोलमा इन्टरले अग्रता लियो । पहिलो हाफमा फेर्डिको डिमार्को र रोमेलु लुकाकुले गोलको अवसर गुमाउँदा इन्टरले अग्रता लिने अवसर गुमाएको थियो ।

अप्रिल २०२२ मा इम्पोलीलाई ३–२ को नतिजा सुम्पिएपछि सिरी ए मा नेपोलीको यो पहिलो हार हो । जारी सिजन सिरी ए ले १५ खेलमा १३ जित र दुई बराबरीको नतिजा निकालेको थियो । १६औं खेलमा इन्टरको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

नेपोली १६ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको एसी मिलानभन्दा पाँच अंक बढी हो । तेस्रो स्थानको युभेन्टसको ३४ र चौथो स्थानको ३३ अंक छ । पाँचौ स्थानको लाजियोको ३० अंक छ । 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update