NRN
मलेसियामा यसरी मनाईयो बुद्द जयन्ती

- ईश्वर राई,मलेसिया

मलेसियामा २५६७औं बुद्ध जयन्ती तथा वैशाख डे नेपाली दुतावास मलेसियाको आयोजनामा सम्पन्न भएको छ । मलेसिया स्थित कान्दिया सभा हल ब्रेकफिलमा मे ४ तारीख विभिन्न देशका उच्च आयोग तथा कूटनीतिक नियोग लगायत ४०० भन्दा बढिको सहयोगीता रहेको थियो । भगवान गौतम बुद्धका संदेशहरूको विश्वव्यापी फौलाउन र नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको आयोजकले बताए । "Visit Nepal र The Lord Buddha was born in Nepal" लेखिएको टिसर्ट सहभागीहरुले लगाएका थिए भने कार्यक्रम हल र रथलाई ब्यानरले सजाईएको थियो ।

उक्त कार्यक्रममा श्रीलंकाका हाई कमिसनर महामहीम एयर चिफ मार्सल सुमाङ्गला दियास, मोरस्कोका हाई कमिसनर महामहीम जग्दिश्वर गोबर्धन, लाओस दुतावासका उपनियोग प्रमुख फेत्वीलायचाङ्ह सोभान्नाराथ, म्यानमार दुतावासका सिडिए म्यिन्ट ह्तुन, टि-रत्न वलएफेयर सोसाइटीका अध्यक्ष दातुक श्री डाक्टर केके चाई, पेनाङका लागि नेपालका महावाणिज्यदूत दातुक हुएन चेङ गुएन, सेलाङगर, नेगारी सेम्बिलान, मलकाका नेपालका वाणिज्यदूत तेव स्वि लेङ, मलेसियाका पहिलो सगरमाथा आरोहि मगेन्द्रन मुनिसमी र मोहनदास नगाप्पान उपस्थित रहेका थिए । परम्परागत बुद्ध पूजामा मलेसियाका लागि नेपाली राजदुर डिल्लीराज पौडेलका साथमा अतिथिहरुले दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । राजदूत पौडेलले अतिथिहरुलाई स्वागत गर्दै बगवान गौतम बुद्धको बारे संदेश र बुद्ध जयन्तीको महत्वका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमका अतिथिहरु मध्ये दत्तुक डा. केके चाईले निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै बुद्धका शिक्षाको महत्वबारे बताए । उनले २० भन्दा बढी पटक नेपाल र लुम्बिनी भ्रमण गरिसकेको र त्यसलाई निरन्तरता दिने योजना रहेको बताए । गैर आबासीय नेपाली संघका प्रवक्ता तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले बुद्धका उपदेशको महत्वबारे प्रकाश पार्दै सबैलाई बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आग्रह गरे । उनले नेपालको पर्यटन क्षेत्रको विकासका बारेमा पनि चर्चा गरेका थिए । कार्यक्रममा सन् १९९७ मा सगरमाथाको सफल आरोहण गर्ने दुई मलेसियाली पहिलो पर्वतारोही एम. मगेन्द्रन र एन मोहनदासलाई राजदूत डिल्लीराज पौडेलले सम्मान गरेको थिए ।

कार्यक्रममा नेपाल वायुसेवा निगमकी प्रतिनिधि भावना पन्तको पनि उपस्थितिले कार्यक्रमको गौरव र महत्व थपिएको थियो । कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा बोकेर बुद्धको मुर्ति, नेपाली झण्डा र अन्य धार्मिक कलाकृतिहरु सहितको सुन्दर ढंगले सजिएका रथहरु लिएर मार्च पास समेत गरेका थिए । मार्च पासमा १२ भन्दा बढी बौद्ध राष्ट्रका कूटनीतिक नियोगका साथै मलेसियाले बुद्ध मन्त्र धुन बजाउँदै १० किलोमिटर मार्च पासमा गरे थिए । उक्त मार्च पासमा हजारौंको सहभागी थियो । कार्यक्रमका ब्यवस्थापन समितिका संयोजक तथा गैह् आबासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले सहकार्य र सहभागीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

मलेसियाका लागि पर्टन सद्भावदूत तथा कार्यक्रमको आर्थिक संयोजक नेत्र केसीले सहयोगीहरुलाई विशेष धन्यबाद दिए । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष तथा कार्यक्रमका पुजा ब्यवस्थापन संयोजक बिपिन राईले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म उत्वसको अवसरमा विश्व शान्तिको कामना गरेको बताए साथै भगवन गौतम बुद्धको बारेमा संसार भर सन्देश पुग्ने विश्वस लिएको बताए ।

बुद्ध जयन्ती तथा वैशाख डे कार्यक्रमको सहयोग तथा सहकार्य गैरआवासीय नेपाली संघ मलेसिया , नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, नेपाली ब्यावसायी समाज मलेसिया साथै मलेसियााम कृयासशिल नेपाली राजनैनिक संगठन, भेगिय र जातिय संघसंस्थाको रहेको थियो । कार्यक्रममा मलेसियन नेपालीहरु, मलेसियामा कार्यरत उच्च पदस्त नेपालीहरु, नेपाली ब्यावसायीहरु, नेपाली श्रमिकहरुको उल्लेख्य सहभागीता थियो । नेपाली सांस्कृतिक नृत्य, भेषभुषा र पारिकारको प्रदर्शन र प्रबर्द्धन पनि गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update