९ बर्षपछी खान नेपालमा
९ बर्षपछी भारतीय अभिनेता आमिर खान नेपाल आएका छन । यस पटकको उनको नेपाल आगमन भने कुनै चलचित्रको लागि नभएर विपश्यना ध्यान केन्द्रमा ध्यान गर्नका लागि रहेको छ ।
आइतबार काठमाण्डौमा ओर्लिएका खान १० दिन नेपाल बस्ने छन । उनि काठमाण्डौको बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यान गर्ने छन ।
आमिर खान यसअघि २०७१ सालमा युनुसेफको औपचारिक कार्यक्रममा सहभागि हुन नेपाल आएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्