NRN
प्रबासी नेपालीको सफलता : बेलायत निबासी दिपेन्द्र अब हिमालय जेटको सन्चालक

- राजन घिमिरे

पछिल्लो समय प्रबासमा नेपालीहरू बिभिन्न ब्यापार ब्याबसासमा आबद्द हुने क्रम बढ्न थालेको छ । कर्मभूमिमा ब्यापार ब्याबसाय मार्फत दह्रो उपस्थिति जनाईरहेका नेपालीहरू मध्ये एक हुन दीपेन्द्र गुरूंग । प्रबासमा फरक ब्यापार गर्ने र उपस्थिति जनाउंने दिपेन्दको योजना अनि सपना यतिबेला आएर पुरा भएको छ ।

बेलायत निबासी यी प्रबासी नेपाली दिपेन्द्र गुरुङले बेलायतबाटै वायुसेवा कम्पनी सन्चालनमा ल्याउंने भएका छन । उनले सन्चालनमा ल्याउंन लागेको बायु सेवाको नाम राखिएको छ हिमालय जेट ।  हिमालय जेटका सन्चालक दिपेन्द बेलायत र नेपालमा मात्र चर्चित छैनन, यिनी २०२२ मा सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको सह आयोजक पनि हुन-‘ हिमालय जेट मार्फत हामी बेलायतबाट नेपाल, भारत, अमेरिका र अस्ट्रेलियालगायत गन्तव्यमा उडान सञ्चालनको अन्तिम तयारीमा छौं -‘ गुरूंगले जानकारी दिएका छन ।

आगामी सेप्टेम्बरदेखी हामी सेबामा लाग्ने छौं -‘ । बताइए अनुसार हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा लाग्ने ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। बेलायत निबासी एउटा प्रबासी नेपाली ठिटोको यस्तो छलांगको तारिफ गरिएको छ ।

काठमाण्डौ र बेलायतबीच सिधा हवाई यात्रा गर्ने उद्देश्य सहित आउंन लागेको हिमालय जेटको यो उद्देश्य र सोचको यतिबेला नेपालीहरूबीच चर्चा र ताकिफको प्रसंग बनेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update