प्रि - बजेटबारे बुधबार अर्थमन्त्रीले जवाफ दिने
यतिबेला संसदमा प्रि-बजेटबारे छलफल भइरहेको छ ।
यसैबीच यो बजेटबारे बुधबार अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । परामर्श समितिको बैठकले गरेको निर्णय अनुसार बुधबार प्रि - बजेट बारेको छलफल सकिन लागेको हो ।
प्रि-बजेटको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूलो जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ०९:२६
प्रतिक्रिया दिनुहोस्