खाँणलाई निलम्बन गर्ने कि नगर्ने ? कांग्रेस पदाधिकारी बैठकले निर्णय गर्ने
बिहिबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने भनिएको बैठकले पूर्ब गृह मन्त्री खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका पुर्याउने गिरोहसँग संलग्न भएको आरोपमा बुधबार पक्राउ परेका खाणलाई निलम्बन गर्न पार्टीभित्रैबाट दबाब आएको एक नेपाले जानकारी दिए ।
यसैबीच महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०९:३८
प्रतिक्रिया दिनुहोस्