हचुवाको भरमा निर्णय हुंदैन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार कुनै पनि अबस्थामा परिवर्तन नहुने बताएका छन् ।
जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने -‘ हामी पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा अगाडि बढ्ने छौं -‘ । ‘पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ । यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । चाँडै हुन्छ । कुराकानी भइरहेको छ,’ उनले भने -‘ संयुक्त सरकारामा गएपछी सबैकुरा सल्लाह र सहमतिमा अगाडि बढ्छ । हचुवाको भरमा निर्णय हुंदैन -‘ ।
यादबले सहमति र सल्लाह गरेर ने सरकार चलाउंनु पर्ने अनि सरकारलाई निरन्तरता दिनु पर्ने आजको आबश्यकता भएको बताएका छन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १३:३८
प्रतिक्रिया दिनुहोस्