NRN
दुई वटा जहाज किन्दै नेपाल वायु सेवा निगम

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्न लागेको छ ।यी बिमान खरिद गर्नका लागि उपसमिति गठन गरेको छ । बिमान ख़रिदका लागि वैशाख २६ बैठक बसेको थियो ।

निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको जनाईएको छ ।

निगमले खरिद गर्ने यी दुई वटा जहाजल् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उड़ानहरू गर्ने बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update