NRN
नेपालमा विश्वकप छनोटको आयोजना हुने

अन्तत: नेपालले २०२४ आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने अबसर पाएको छ । आईसीसीले एसिया छनोटका लागि नेपाललाई आयोजकको रूपमा चयन गरेको हो ।

नेपालले उक्त खेलहरूको नोभेम्बर १ देखि १० तारिखसम्म छनोट आयोजना गर्नेछ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहनेछ । नेपालमा आयोजना हुने छनोटमा ८ टोलीको सहभागिता रहने जानकारी दिइएको छ । छनोटमा नेपालसँगै ओमान, बहराइन, युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् ।

थप दुई टोली एसियाकै क्वालिफायर ए र क्वालिफायर बीबाट छनोट भएर आउनेछन् । खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update