- राजन घिमिरे
नेपाल र अष्ट्रेलियाको दौंत्य सम्बन्ध स्थापना भएको लगभगग ६० बर्ष पुरा भैसकेको छ । यो बिचमा अष्ट्रेलियाबाट नेपालमा निकै उच्च भ्रमण भएका छन । ३० बर्ष यता त अष्ट्रेलियाबाट कुनै पनि उच्च भ्रमण टोली नेपाल आएकै छैन । यसमा नेपालले ने पहल गरेन कि पहल गर्दा पनि दह्रो रूपमा नेपालले आफ्नो उपस्थिति दर्शाउंन सकेन ? त्यो कुरा यतिबेला चासोको बिषय बनेको छ । अष्ट्रेलियामा करिब २ लाखको हाराहारीमा नेपाली भाषीहरूको बसोबास रहेको आँकडा छ ।
बिगतको अबस्था त्यस्तो भएता पनि अब भने चांडै अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबाट नेपालको उच्च भ्रमण हुने भएको छ । बिदेश मन्त्री वाट्सको यो उच्च भ्रमण मे १६ तारिख अर्थात् जेठ २ गतेदेखी हुने भएको छ । भ्रमण दुई दिनको हुने निश्चित भैसकेको छ । अष्ट्रेलियाको तर्फबाट ३० वर्षपछि हुन लागेको यो औपचारिक भ्रमणलाई ऐतिहासिक र दुई देशको सम्बन्ध बिस्तारको लागि महत्वपूर्ण रुपमा लिइएको छ ।
यसैबीच सहायकमन्त्री वाट्सले भ्रमणअघि अष्ट्रेलियामा रहेको नेपाली समूदायसंग छलफल गर्नु भएको थियो ।विदेशमन्त्री टिमले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसँग पनि भेट गर्नुभएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको दौंत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । ३० बर्षपछी नेपालमा हुन लागेको यो उच्च भ्रमणमा नेपालले अष्ट्रेलिया र नेपालबीचको व्यापार र लगानीको वातावरण निर्माण गर्नका लागि छलफल गरिनु पर्ने तर्फ अष्ट्रेलियाको नेपाली समाजका अगुवाहरूले जोड दिएका छन -‘ दुई देशबीचको हवाई सेवा, नेपाली विद्यार्थीहरुले भोग्दै आएका विभिन्न समस्याहरुका बारेमा पनि नेपाल सरकारले कुरा उठाउंनु पर्छ ।
नेपाल सरकारले यो उच्च भ्रमणलाई महत्वपूर्ण रूपमा लिनु पर्दछ -‘ गैह्र आबासीय नेपाली संघ,अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूंगको भनाई छ । अष्ट्रेलियामा रहेका नेपाली अगुवा र समाजका प्रतिष्ठित ब्यक्ति - ब्यक्तित्वहरूले ठूलो संख्यामा विद्यार्थी नेपालबाट आइरहे पनि उनीहरुका भिसा प्रक्रियामा सहजताका साथै नेपालबाट नै भिसा जारी गर्ने माग पनि नेपाल सरकारले गर्नु पर्ने कुरा तर्फ आबाज उठाएका छन -‘ नेपालबाट कृषिजन्य वस्तुहरुको आयात अष्ट्रेलियामा गर्नका लागि सहज हुनुपर्ने धारणा हामीहरूले लामो समयदेखि राखिरहेका छौं ।
यो कुराले पनि ठोस निर्णय पाएको छैन । यस तर्फ पनि नेपाल सरकारले कुरा राख्न सक्नु पर्छ -‘ अष्ट्रेलियाबासी नेपालीहरूको भनाई छ । ( अष्ट्रेलियाबाट सन्चालित केबिसी खबर डट कम डट एयूको सहयोगमा तयार पारिएको )