NRN
अष्ट्रेलियाका राजुले चलचित्र शायद ३ बनाउंने

- राजन घिमिरे

अन्तत: चलचित्र शायद ३ पनि बन्ने भएको छ।यस अघि यो नामको १ र २ ले दर्शकहरूको मन जितेको थियो । १ र २ लाई सुनिल रावलले बनाएका थिए भने शायद -३ लाई राजु कानले बनाउंने भएका छन । कान लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आइरहेका कलाकर्मी हुन ।

नेपाली कलाकारहरूलाई अष्ट्रेलियामा लगेर सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने देखी उनले नेपाली चलचित्रहरूको प्रदर्शन पनि गर्दै आइरहेका छन ।उनी ब्रिसबेनबाट बनिरहेका म्यूजिक भिडियोका मोडल पनि हुन ।

राजु कानले चलचित्र शायदको शिर्षक शायद १ र २ का निर्माता सुनिल रावलसंग खरिद गरेका हुन-‘ प्रबासमा रहेर पनि नेपाली चलचित्र र कलाकारहरूलाई माया गर्ने युबा कलाकार राजु कानको हौशला देखेर यो नाम मैले उहांलाई दिएको हुं -‘ यतिबेला अमेरिकामा रहेका सुनिलले भने ।

यता यूबा पुस्तामा यो नामको राम्रो क्रेज र छाप देखेर नै मैले यो नाम किनेको हुंन-‘ राजु कानले बताए । राजु अष्ट्रेलियामा चलचित्र निर्माण र निर्देशन बिषयमा अध्ययन सकाएका यूबा हुन । आरोन कान फिल्सले बनाउंने यो चलचित्रमा राजु कानको कथा र निर्देशन रहने छ । चलचित्रमा अभिमन्यु निरबीको लेख्न रहेको छ भने चलचित्र शायद -३ लाई सुशन प्रजापतिले खिच्ने छन ।

यम प्रसाद ओलीको प्रोडक्शन डिजाइनर रहेको शायद -३ को असी प्रतिशत छायांकन अष्ट्रेलियाका बिभिन्न शहर र बीस प्रतिशत नेपालमा हुने जानकारी दिइएको छ । चलचित्रका कलाकार र अन्य प्राबिधिकहरूको छनौट जारी रहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update