NRN
एनआरएनए कतारमा १२ हजार बढी सदस्य

पछिलो समय गैर आवासीय नेपाली संघ ( एनआरएनए ) संग आबद्दता जनाउनु हुने प्रबासी नेपासीहरूको संख्या बढ्न थालेको छ । यसको ज्वलन्त उदाहरण हो कतारमा रहनु हुने नेपालीहरूले २०२३ / २५ को कार्यकालको सदस्यताको लागि १२ हजार भन्दा बढीले आवेदन दिनु ।

अब पन्जिकृत सदस्यताको आवेदकको प्रारम्भिक नामावली १३ मे मा प्रकाशन गरिने कार्यक्रम रहेको छ भने डकुमेन्टस प्रमाणीकरण अन्तिम मिति २६ मे सम्म र दोस्रो पटक नामावली २७ मे मा, दावी बिरोध २८ मे देखि २ जुन सम्म रहेकोमा दावी बिरोध पछि तेस्रो नामावली प्रकाशन ३ जुनमा गरिने एनआरएनए कतारले जनाएको छ ।

यसै गरी गैह् आबासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको दशौ रास्ट्रिय महाधिवेशनको निर्वाचन १४ जुलाई र महाधिवेशन समारोह २८ जुलाईमा हुने भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update