NRN
अष्ट्रेलियाको दौडमा गोरखाका  नेपाली

अष्ट्रेलियामा आयोजना भएको अन्तर्राष्ट्रिय दौडमा गोरखाका नेपाली डिना बगालेले सहभागिता जनाएका छन । दौड शनिवारबाट शुरु भएको हो । प्रतियोगितामा विश्वका सात हजार पाँच सय प्रतियोगी सहभागि थिए भने सो ब्लु माउन्टेन दौडमा डिना बगाले २५ औं स्थानमा पुग्न सफल भएका थिए ।

अष्ट्रेलियामा गएर नेपाली झण्डा उचालेर प्रतियोगी बन्न पाएकोमा बगालेले गौरबको महशुष गरेका छन । मनोरम दृश्यमा गरिएको यो प्रतियोगिता १००० किलो मिटरको थियो भने ब्लु माउन्टेन क्षेत्रमा रहेको उकालो र ओरालो स्थानहरूमा यो प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update