NRN
किन चल्यो अष्ट्रेलियामा जारी ? ५१ औं दिन मनाउंने तयारीमा…..॥

- राजन घिमिरे

अन्तत: नेपाल जस्तै प्रबासमा पनि चलचित्र जारीले नेपाली चलचित्रप्रेमी दर्शकहरूको माया , साथ र समर्थन पाइरहेको छ । नेपालमा रिलिज भएका पछिल्ला अन्य चलचित्रहरूको दांजोमा नाम र दाम राम्रै हात पार्न सफल चलचित्र जारीले अष्ट्रेलियाको प्रदर्शनमा पनि सांच्चै उल्लेखनीय सफलता हात पारि रहेको छ ।

अष्ट्रेलियाको सिड्नी ,एडिलेट,क्यानभेरा,डार्बिन,तास्मनिया, ब्रिसबेन,मेलबर्न र पर्थ जस्ता नेपालीहरूको बांक्लो उपस्थिति रहेका ठूला र अन्य रिजनल शहरहरूमा चलचित्र जारीले प्रदर्शनमा हात पारेको सफलता र क्रेज अझै निरन्तर रूपमा अगाडि बढ्ने देखिन्छ । यो चलचित्रको पुरा अष्ट्रेलिया ७५ भन्दा बढी शोहरू भैसकेको छ । यो चलचित्रलाई जान्बी इन्टरटेनमेन्टले अष्ट्रेलिया भित्र्याएको हो । आगामी शनिबार यो चलचित्रको थप शो हुने छ भने त्यो शनिबारसम्म पुरा अष्ट्रेलिया यो चलचित्र हेर्ने दर्शकहरूको संख्या लगभग १५ हजार भन्दा बढी पुग्ने देखिन्छ ।

यो हिसाबले अष्ट्रेलियामा चलचित्र जारीले प्रदर्शनको ५१ औं दिन मनाउंने देखिएको छ । चलचित्र जारी राम्रै चल्छ , तर यसरी ब्यापक रूपमा चल्ला र प्रदर्शनमा बिशिष्ट उचाई हात पार्ला जस्तो नलागेको बास्तबिकता यो चलचित्रको अष्ट्रेलिया प्रदर्शक रोशन भट्टराई र बिनोद पौडेलले भने -‘ यो चलचित्र चर्चा पाएकै कारण हामीले लिएका थियौ तर यसरी प्रदर्शनमा उल्लेखनीय छाप छोड्ला जस्तो लागेको थिएन -‘ भट्टराई र पौडेलको भनाई छ त्यसो भए चलचित्र जारी किन चल्यो त ? -‘ चलचित्रमा केही नक्कली छैन । सबै अर्गानीक छन । प्रबासमा यस्तै चलचित्र हो मन पराईंने ।

दर्शकहरूले चलचित्रमा कृत्रिम केही पाउंनु भएन । आफ्नो पन र आभाष नै यो चलचित्र मन पराईंनुको कारण हो -‘ चलचित्र जारीको अष्ट्रेलिया बितरकको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update