NRN
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी 'हापा अवार्ड'द्वारा सम्मानित

गैह आवासीय नेपाली संघ एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन । मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटी क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्ड २०२३ बाट सम्मानित गरिएको हो ।

एक कार्यक्रमका बीच रक क्याफे एन्ड बार,रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । मलेसियाको हस्पिटालिटि क्षेत्रको सबैभन्दा ठुलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको पर्वर्दन र हस्पिटालिटी क्षेत्रमा गरेको विशेष योगदानका कारण उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको बताइएको छ ।

दुई दशकभन्दा लामो समयदेखी होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन । हाफाले हरेक बर्ष आयोजना गर्ने यस कार्यक्रमका लागी मलेसियाभरका होटल,रेस्टुरेन्ट,ट्राभल्स लगाएत हस्पिटालिटि क्षेत्रमा आबद्ध ब्यावसायीहरुले सहभागीती जनाउने गरेका। छन ।

हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे । उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली रहेका छन ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update