NRN
नेपाल टेलिकमको रोमिङ महसुल घट्यो

नेपाल टेलिकमले रोमिंग महशुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले बुधबारदेखी रोमिङ महसुलमा लाग्ने शुल्क घटाइएको हो । नेपाल टेलिकमका अनुसार दुई महिनाको आन्तरिक गृहकार्य पश्चात नेपाल टेलिकमले भारत र थाइल्याण्डमा लाग्ने रोमिङ महसुल घटाएको हो ।

अबदेखी नेपाल टेलिकमको सिम लिएर भारतमा कल गर्दा एक मिनेटको सात रुपैयाँ मात्रै लाग्ने जानकारी दिइएको छ । यसै गरी भारत बाहेक अन्य मूलुकहरूको नम्बरबाट आएको कल उठाउँदा पनि एक मिनेटको सात रुपैयाँ मात्र लाग्ने छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update