राप्रपाको बैठक सकिंदै , माओबादी नेतृत्वको सरकारमा जानु गलत
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )को केन्द्रीय कार्य समितिको बैठक बुधबार सकिने भएको छ । तीन दिन अगाडिदेखी चलेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको राजनीति प्रतिवेदनमाथि सदस्यहरूले खुलेर आ - आफ्ना धारणाहरु राखेका थिए । बैठक बुधबार सकिने जानकारी दिइएको छ ।
बैठकमा पार्टी महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा पार्टीका अधिकांश सद्दस्यहरूले माओबादी नेतृत्वमा सरकारमा जानुलाई गलत भएको धारणा राखेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ०९:१२
प्रतिक्रिया दिनुहोस्