छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखी शुरू
निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ । एक्स्पो बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा हुने छ ।
एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय बस्तु राखिने जानकारी दिइएको छ । एक्स्पोमा उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्ल बताउँछन् ।
एक्स्पोमा अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिने भएको छ । मेलामा नेवाल , भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने जानकारी दिइयो ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १३:५५
प्रतिक्रिया दिनुहोस्